काठमाडौं : दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ ।

अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २.९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन् । सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घन्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो । नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघन्टा ८ हजार ५ सय ९० वन(७.३२ डलर) पाउने छन् । यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ ।

ज्याला बृद्धि भएसँगै साताको न्यूनतम ४० घन्टा नघटाई मासिक २०९ घन्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात १ लाख ६६ हजार ७ सय ७१ रुपैंयाँ पाउने छन् । कान्तिपुर दैनिकबाट