धरान: विद्यार्थीहरुको बर्खे विदालाई लक्षित गरि ‘तेस्रो समर बास्केटबल ट्रेनिङ क्याम्प’ आगामी साउन पहिलो सातादेखि धरानमा शुरु हुने भएको छ ।

आइतबार धरान–१८ स्थित ह्यापी ग्रीन मार्टमा पत्रकार सम्मेलन गदै धरान बास्केटबल संघले तेस्रो संस्करणको ट्रेनिङ क्याम्प आगामी श्रावण ४ गतेदेखि शुरु गर्ने जानकारी दिएको हो । ट्रेनिङ क्याम्प धरान–१८ स्थित डिपो क्याम्पसको बास्केटबल कोर्ट वा धरान–१६ स्थित कर्भड हल मध्ये एक ठाउँमा सञ्चालन हुने संघको भनाई छ । क्याम्पमा करिब १ सय बढीको सहभागीता रहने पूर्वाञ्चल बास्केटबल प्रशिक्षक एबंम धरान बास्केटबल संघका सचिब विकास चाम्लिङले बताए । उनका अनुसार ट्रेनिङ क्याम्पमा जो कोही पनि विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । यस पटक धरानसहित कालाबञ्जारबाट पनि विद्यार्थीहरु क्याम्पमा सहभागी हुने उनले जानकारी दिए । ‘तेस्रो संस्करणमा एक सय बढीको सहभागीता हुने अपेक्षा गरेका छौं,’संघका सचिब चाम्लिङले भने,‘धरानमा हामीले विद्यालयमा पुगेर जानकारी गराएका छौं, कक्षा २ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागी जनाउन पाउछन् ।’

दोस्रो संस्करणमा पनि १ सय बढी सहभागी रहेको बताउदै उनले हालसम्म क्याम्पमा ३ सय बढी प्रशिक्षित भइसकेको उनले बताए । ‘हालसम्म यो समर क्याम्पमा ३ सय बढीलाई प्रशिक्षण दिइ सकेका छौं,’ उनले भने । क्याम्प तीन हप्तादेखि एक महिनासम्म चल्ने नेपाल बास्केटबल संघका उपाध्यक्ष एबंम संघका अध्यक्ष सुरज लामाले बताए । ‘विद्यार्थीहरुको विदा कति दिनको हुन्छ, त्यो अनुसार हामी ट्रेनिङको व्यावस्था गछौं,’उनले भने,‘कम्तिमा तीन हप्तातमा हामी ट्रेनिङ दिन्छौं ।’ ंक्याम्पमा बास्केटबलको प्रारम्भिक ज्ञानको विषयमा संद्धान्तिक र व्यावहारिक ज्ञान दिइने बताए । ट्रेनिङ क्याम्प प्रत्येक दिने ३ घण्टा चल्ने छ । यो प्रशिक्षणले खेलाडी प्रतिभाको पहिचान हुने पनि उनले खुलाए ।

क्याम्पमा प्रशिक्षण प्रदेश १ का बास्केटबल प्रशिक्षक चाम्लिङलगायतले दिने बताइएको छ । ट्रेनिक क्याम्पमा सहभागी प्रत्येकलाई टि–सर्ट उपलब्ध हुने छ । ट्रेनिङको लागि १ हजार ५ सय रुपैयाँ लिइने संघले जनाएको छ । ट्रेनिङ सहभागीहरुलाई प्रमाणपत्र दिइने र सहभागी मध्ये छात्र–छात्राबाट १–१ जनालाई राईजिङ प्लेयर घोषित गदै पुरस्कृति समेत गरिने आयोजकले जनाएको छ । संघले तेस्रो संस्करणमा शिक्षा, स्वास्थ्य र अनशासन मुल नारासहित धरानलाई बालमैत्री नगर घोषणा गर्ने धरान उपमहानगरपालिकाको अभियानमा समेत प्रचार सहयोग गर्ने जनाएको छ ।