इटहरी: हिजो राती ५६ वटै ढोका खुला गरिएको कोशी व्यारेजमा अहिले २७ वटा मात्र ढोका खुला गरिएको छ ।

पानीको वहाव कम हुदै गएपछि २९ वटा ढोका बन्द गरिएको कन्ट्रोल रुमले जनाएको छ । पानीको वहाव उच्च भएपछि र बालुवा, माटो धेरै जम्मा भएपछि शनिबार मध्यराती ब्यारेजको ५६ वटै ढोका केही समयको लागि खुला गरिएको थियो । कन्ट्रोल रुमका अनुसार ५६ वटै ढोका खोलेर सफाई गरिएको थियो । आज विहान पानीको वहाव तथा स्तर कम हुदै गएपछि ढोका पनि क्रमशः बन्द गरिदै आएको थियो ।