पथरी : निरन्तरको वर्षाका कारण बक्राहा खोलामा आएको बाढीले मोरङको पथरीशनिश्चरे ५ सुन्दरीचौक दक्षिण जैनमा कटान सुरु गरेको छ ।

कटानका कारण पथरीशनिश्चरे ५ क्षेत्रमा त्रास फैलिएको छ । बक्राहा खोला गाँउ पस्ने खतराले स्थानियबासी त्रसित भएका छन् निरन्तरको वर्षाले खोलामा आएको बाढीले २२ वर्ष अघि निर्माण गरिएको बाँध कटान गर्न थालेको हो । बाँधले कटान गर्न थालेपछि सोको रोकथाम गर्न पहल थालिएको छ । कोशी वक्राहा तटबन्धन परियोजनाले कटान क्षेत्रको स्थलगत निरीक्षण गरि कटान रोकथाम गर्न बेम्बो पायरीङ्ग विधिद्धारा कटान नियन्त्रण गर्ने प्रयास थालिएको छ ।

2 6

यसै गरि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला लगायतको टोलीले कटान क्षेत्रको निरीक्षण गरि कटान रोकथामका लागी पहल गर्ने बताए । वडा अध्यक्ष जोग बहादुर धिमालले बक्राह खोला गाँउपसे पथरीशनिश्चरे ५ र सुनवर्षी नगरपालिकाको केहि क्षेत्र डुबानमा पर्ने बताए । बक्राहाले सो बाँध तिन दिन देखी कटान गर्दै आएको छ ।

यसैबिच ६ दिन देखिको वर्षाले वडा नं. ५ का सुँगा, हसन्दह, मैनखाडी, बालुवाटार लगायतका क्षेत्र डुबानमा परेका छ्न ।