काठमाडौं : सरकारले साउन १ देखि सामान ढुवानी (ओसारपसार) मा वेबमा आधारित ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ ।

अहिलेसम्म बिल काटेर वा चलानी भरेर सामान एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरिएको थियो । त्यसको ठाउँमा अब बिल वेबमा आधारित प्रणालीमा इन्ट्री गरी सामान ढुवानी गर्नुपर्नेछ ।

प्रणालीको निगरानी गर्ने काम राजस्व अनुसन्धान विभागको केन्द्रीय कार्यालयबाट हुनेछ । त्यस्तै, राजस्व अनुसन्धान विभागका अन्य कार्यालयमा पनि यसका युनिट रहनेछन् । नयाँ पत्रिका दैनिकबाट