झापा : सडकदेखी सदनसम्म तताएको विषादी मापन काण्ड देशमा आएको विषम परिस्थितीले सेलाईरहेको छ ।

सरकारले आफ्नो निर्णय केहि घण्टापनि टिकाउन सकेन भनेर आलोचना निक्कै भयो । यतिसम्मकी सर्वोच्चमा रिटनै पर्यो । अधिवक्ता स्वागत नेपाल लगायतको समूहले सरकारलाई विपक्षी बनाएर रिट हाले । अन्ततः सर्वोच्चले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन गर्ने काम नरोक्नु भन्ने आदेश दियो । सर्वोच्चको आदेश लगत्तै अहिले पूर्वी नाका भएर भित्रिने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन भईरहेको छ । बिषदी अवशेष द्रुत बिश्लेषण प्रयोगशालाकी प्राबिधिक अञ्जु आचार्यका अनुसार पूर्वी नाका भएर आयात हुने तरकारी तथा फलफूलमा विषादीको अवशेष मापन गर्ने काम गत शुक्रबारबाटै पुन सुरु गरिएको हो ।

आचार्यका अनुसार जब मन्त्रीपरिषद्को निर्णय बाहिरियो, बिषादी मापन नगर्नु भन्ने त्यसपछि केहि दिन प्रयोगशालामा नमूनानै आएको थिएन । तर सर्बोच्चको आदेशपछि भने पुन बिषादी मापन भईरहेको छ ।

दैनीक ३० वटा नमूना परिक्षण

गत शुक्रबारदेखि भन्सार कार्यालयहरुबाट बिषादी मापनका लागि पुनः नमूना पठाउन थालिएको बिषदी अवशेष द्रुत बिश्लेषण प्रयोगशालाकी प्राबिधिक अञ्जु आचार्यले बताईन । अहिले दैनीक ३० वटा नमूनाको परिक्षण भईरहेको छ । अहिले मोरङमा पनि बिषादी मापन प्रयोगशाला सञ्चालनमा छ । तर यहा भारतबाट आयातित तरकारी तथा फलफुलको बिषादी मापन सुरु भएको छैन । झापाको विर्तामोडको कृषि थोक बजार परिसरमा रहेको विषादी अवशेष मापन द्रुत प्रयोगशाला छ ।

यहा झापा, मोरङ र सुनसरीका नाकाबाट भारतबाट आयात गरिने तरकारीका नमूना विषादी मापनका लागि नमूना ल्याइने गरिएको छ ।
भारतबाट आएका तरकारीका गाडी पहिला भन्सार कार्यलयमै राख्ने र प्रयोगशालाको रिपोर्ट आएपछि मात्र भन्सारले छाड्ने गरेको मेची भन्सार कार्यालयले जनाएको छ । भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार बिहान नमूनाको रिपोर्ट बेलुका र बेलुका दिईएको रिपोर्ट भोलिपल्ट विहान मात्र प्राप्त हुने गरेको छ । पूर्वको तरकारी तथा फलफूल बजारमा ७५ प्रतिशत भारतबाट आयात गरिने तरकारी तथा फलफूलले ओगटेको छ ।