धरान: धरान उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ ।

आइतबार धरान–१५ स्थित चुमलुङ हिम परिषरमा कार्यक्रम गदै पूर्ण सुनिश्चित खोप नगर घोषणा भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फोनमार्फत लाउड स्पिकर गरेर पूर्ण खोप नगर घोषणा गरेका थिए । मुख्यमन्त्री राईले धरान आएर घोषणा गर्ने कार्यक्रम तय भएको थियो । तर, अमेरिकाको भ्रमण सकेर विराटनगर आउने क्रममा मौषम प्रतिकुल भएको कारण काठमाडौं–विराटनगरको फ्लाइट डिले हुँदा आउन नसकेको जानकारी दिइएको थियो ।

प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई नआउने भएपछि कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले पानसको दियोमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । विविध कारणले आफु आउन नसकेको जानकारी गराउदै मुख्यमन्त्री राईले पूर्ण खोप नगर घोषणा गरेका थिए । ‘धरान उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर भएको घोषणा गर्दछु,’मुख्यमन्त्री राईले कार्यबाहक मेयर भण्डारीको फोनमार्फत भने ।

khop1

कार्यक्रममा बोल्दै कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले पूर्णखोप सुनिश्चि नगर घोषण भएको भन्दै यही अवस्थामा निरन्तर अगाडी बढन् सबैको साथ चाहिने बताइन् । उनले पूर्ण खोप सुनिश्चित नगर घोषणा गर्न सहयोग गर्ने धरानका सम्पूर्णमा धन्यवाद ज्ञापन गरिन् । कार्यक्रममा प्रदेश १ का स्वास्थ्य प्रमुख भोगेन्द्र डोटेलले प्रदेश १ मा सुनसरी र ताप्लेजुङ मात्र पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको बताए । उनले सरकारले विभिन्न रोगसंग सम्बन्धीत ११ वटा खोपहरु निशुल्क उपलब्ध गराएको बताए । कार्यक्रममा जन्मेदेखि १५ महिनासम्मका वालवालिकाहरुमा तोकिएको खोप समयमा पूरा गर्ने कार्यको निरन्तरता र दिगोपनाको प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गरिएको थियो ।

उपमहानगरका कार्यकारी प्रमुख विनोद पोख्रेलले प्रतिवेदन पेस गदै धरान नगरमा गरिएको सर्बेक्षण अनुसार नगरमा १६ महिनादेखि २३ महिनासम्मका १ हजार ९६ जना वालवालिका रहेको र सबै वालवालिकाले पूर्णखोप पाएको बताए । हाल नगरको २० वटै वडाका खोपकेन्द्रहरुमा नियमित खोपसेवा सञ्चालन भइरहेको बताए । कार्यक्रममा चार जना पूर्व महिला स्वास्थ्य स्वंयम सेविकालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा धरानह १५ का ७४ वर्षिय निर्मला राई, धरान ७ का ७२ वर्षिय आशा मोक्तान, धरान ४ का हस्तमाया राई र अर्थ कुमारी राईलाई नगद ५५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

khop3

यस्तै, धरानको पर्यटन गीत रचनामा प्रतियोगिता गराइएको थियो । इटहरीका गायत्री लम्साल प्रथम, टिका आत्रेय दोस्रो र निलम फुयल तेस्रो बनिन् । उनीहरुले क्रमसः १० हजार, ८ हजार र ६ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, पत्रकार गोपाल दाहाल, धरान पज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्हाम्फे र कवि हेनसेन याक्खा सान्त्वना बन्दै नगद ४ हजार रुपैयाँ थापे । उनीहरुलाई कार्यबाहक मेयर भण्डारीले सम्मानित गरेकी थिइन् ।

यसैगरी, विभिन्न संघसंस्थाहरुलाई सम्मानित गरिएको थियो । पञ्चेबाजासहित उत्साहपूर्ण रुपमा पूर्णखोप नगर घोषणा गर्ने उपमहानगरको तयारी भएपनि त्यो अन्त्यमा आएर खल्लो भएको थियो । ¥याली सहभागी भएपछि उल्लेख्य मानिसहरु कार्यक्रम स्थलमा उपस्थित भएपनि प्रमुख अतिथी नआउदा सबै निराश भएर फर्किएका थिए ।