धरान : धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन गीत तयार गर्न आयोजना गरिएको गीत लेखन प्रतियोगिताबाट उत्कृष्ट ३ गीत छनौट भएको छ । ती उत्कृष्ट गीतसहित सान्त्वना अन्य ३ गीतलाई पनि धरान उपमहानगरपालिकाले नगद पुरस्कार प्रदान गरेको छ ।

धरान पुर्ण खोप सुनिश्चित नगर घोषणा समारोहमा गीतका स्रष्टाहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । गीत लेखन प्रतियागितामा इटहरीका गायत्री लम्सालको गीत प्रथम भएको थियो भने इटहरीकै टीका आत्रेयले लेखेको गीत दोस्रो भएको थियो । यस्तै, धरान ६ पानवारीका निनाङ्कु फुयालको गीत तेस्रो भएको थियो । यस्तै, धरानकी कवि हेनसेन याक्खा, पत्रकार गोपाल दाहाल र धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाङ्फेको गीतले सान्त्वना पुरस्कार पाएको छ ।

प्रथम, दोस्रो, तेस्रो हुने गीतलाई क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार दिइएको थियो भने सान्त्वनालाई नगद ४ हजार दिइएको थियो । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुन सफल गीतका स्रष्टाहरुले आफ्नो गीत प्रस्तुत गरेका थिए । उनीहरुले धरानको वखान गर्दै लेखेको गीत सुनेर धरानबासीहरु मख्ख परे । उपमहानगरपालिकाको पर्यटन महाशाखाले यी गीतहरुलाई संगीत भरेर गाउन लगाउने जनाएको छ ।

ब्यानर फोटो स्रोत: फेसबुक

प्रथम भएको गायत्री लम्सालले लेखेको गीत :

A

दोस्रो भएको टीका आत्रेयले लेखेको गीत :

b1

तेस्रो भएको निनांकु फुँयालले लेखेको गीत :

c