धरान : मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको उपाधिको झापाको सैनिक युथ क्लबले जितेको छ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा मंगलबार सम्पन्न फाइनल खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउदै झापाले उपाधि जितेको हो । झापाले पहिलो हाफको खेल शुरु भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । झापाको लागि रेजिन माझीले गोल गरेका थिए । तर, दोस्रो हाफको ५२ औं मिनेटमा सौरभ कार्कीको कर्नर प्रहार क्लियर हुन नसक्दा हुलमुलमा गोल भएपछि खेल बराबरी भएको थियो । तर, दोस्रो हाफको ८७ औं मिनेटमा विकेस सुब्बाले निर्णायक गोल गर्दै झापालाई प्रदेश लिगको च्याम्पियन बनाए ।

IMG_9795

जितसँगै झापाले नगद ५ लाख र ४ किलो चाँदीको ट्रफी हात पार्यो । उपविजेता मोरङले नगद ३ लाखमा चित्त बुझायो । विजेता खेलाडी तथा उपविजेता खेलाडीहरुलाई आयोजक एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रमुख अतिथि एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश लिग आयोजक समितिका अध्यक्ष किरण राई, एन्फा मानार्थ उपाध्यक्ष किसोर राई, प्रदेशका सांसदहरुलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । च्याम्पियन झापाले प्रेसिडेन्ट कप खेल्ने अवसर पाउनेछ भने उपविजेताले पाउने कि नपाउने भन्ने सुनिश्चित भइसकेको छैन ।

सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरु:

IMG_9840

प्रतियोगितामा बेलबारी फुटबल क्लबका भुषण सुब्बा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख र ट्रफी हात पारे । विधागत पुरस्कारतर्फ फाइनल खेलको म्यान अफ दि म्याच बेलबारीको सौरभ कार्की घोषित भए । उनले नगद १० हजार हात पार ।

यस्तै, वेष्ट डिफेन्स झापाको सैनिक युथका विमल प्रसाद राई, वेष्ट गोलकिपर सैनिककै मनोज प्रधान, वेष्ट स्ट्राइकर सैनिककै विकेस लिम्बू र बेष्ट कोच सैनिकै प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही नगद २५ हजार र ट्रफी हात पारे । यस्तै, वेष्ट मिड फिल्डर धरान फुटबल क्लबका उमेश राई घोषित हुदै नगद २५ हजार पाए ।

IMG_9827 IMG_9831