धरान : केन्द्रीय प्रविधि क्यामपस हात्तिसार धरानमा मंगलबार गुरु पुर्णिमाको अवसरमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसका प्राध्यापक तथा अन्य शिक्षकहरुलाई सम्मान गरेका छन् ।

मंगलबार गुरु पुर्णिमाको अवसर पारेर विद्यार्थीहरुले आफ्ना गुहरुलाई फुलमाला, खादा ओढाउनुका साथै केक खुवाएर सम्मान ब्यक्त गरेका थिए । क्याम्पसमा पोषण तथा आहार बिज्ञानमा अध्यनरत विद्यार्थीहरुको संस्था नेपाल पोषण तथा आहार बिज्ञान बिध्यार्थी समाजले एक कार्यक्रम आयोजना गरी गुरुहरुलाई सम्मान गरेको हो । आफ्नो अमुल्य जीवन क्याम्पसमा बिताउने, अध्यन अध्यापन गराउने गुरुहरु प्रति सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको समाजका अध्यक्ष राम प्रसाद तिवारीले बताए ।

3 2

यस्तै, पिजि माइक्रोबायोलोजी तेस्रो तथा प्रथम सेमिस्टर अध्ययनरत विद्यार्थीहरुले पनि आफ्नै बिभागमा गुरुहरुप्रति सम्मन ब्यक्त गरेका थिए। उक्त कार्यक्रमको शुरुवात क्याम्पस संचालक समितिका अध्यक्ष पशुपति मिश्रलाई केक खुवाएर गरिएको थियो । गुरु सदैब भगवान झै हुने सौ सम्मानको लागि गुरुहरु हकदार रहेको तेस्रो सेमिस्टरकी विद्यार्थी राधा पन्डितले बताइन् । 'हामी क्याम्पस पढ्न धेरै टाढा टाढाबाट आएका छौ, यहाँ हामीलाई असल बाटो देखाउने र हाम्रो गल्ती सच्याउदै अघि बढ्न सहयोग गर्नु हुने गुरुहरु नै हुन्, उहाँहरुलाई सम्मान गर्न पाउँनु हाम्रो लागि गर्वको क्षण हो,'उनले भनिन् ।

2 8

निमित्त क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बूले गुरुहरु एक पथ प्रदर्शक भएको धारणा राख्दै शिक्षकहरुले केवल विद्यार्थीहरुले प्रगति गरेको हेर्न चाहने बताए । विद्यार्थीहले प्रगति गरेमा त्यो नै गुरुहरुको लागि ठुलो उपमहार र सम्मान हुने उनको भनाई थियो । आफुलाई क्याम्पसमा गुरुले नै पठाएको स्मरण गर्दै प्राध्यापक मिश्रले भने,'मलाइ पनि यो क्याम्पसमा मेरो गुरुले नै पठाएको हो त्यसैले म आज यो ठाउँमा छु, त्यसैले गुरुहरु सधै महान हुन्छन् ।'