धरान: नयाँ संविधानले परिकल्पना गरेअनुसारको स्थानीय सरकार(तह)को निर्वाचन २०७४ मा धरान उपमहानगरपालिकाको मेयरमा तत्कालिन नेकपा एमालेबाट निवार्चित तारा सुब्बाको निधन भएको आज ठिक एक बर्ष बितेको छ ।

उनै स्वर्गीय मेयर तारा सुब्बाको आज धरानमा स्मृति दिवस मनाइएको छ । उनको स्मृतिमा धरान १९ स्थित हरियाली सामुदायिक वनमा रहेको पिकनिक स्थलमा अर्धकदको सालिक स्थापना गरिएको छ । उक्त सालिकको आज बुधबार एक समारोहबीच प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले संयुक्तरुपमा अनावरण गरेका थिए । साथै, स्वर्गीय सुब्बाको सालिकमा माल्र्यापण पनि गरिएको थियो ।

tara-subba-4

हरियाली वन समुहको उक्त पिकनिकस्थललाई स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्क बनाइने भएको छ । आज अनावरण भएको सालिक भने स्वर्गीय मेयर सुब्बाको परिवारजनले बनाइदिएका हुन् । हरियाली, उपमहानगरपालिका र नेकपाले सो स्थानलाई पार्क बनाउने जनाएको छ । स्वर्गीय मेयर सुब्बाप्रति सम्मान हुने र हरियालीको पर्यटन प्रर्वद्धनमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पदभार सम्हालेको ठिक बर्ष दिनमा गत बर्षको साउन १ गते उपचारको क्रममा मेयर सुब्बाको राजधानीमा निधन भएको थियो । चुनावबाट मेयरमा निवार्चित भएपछि २०७४ साउन २ गते कार्यभार सम्हालेका थिए । उनले मेयरकोरुपमा ठिक ३६५ दिन बाँचे । दुवै मृगौला बिग्रिए पछि उनको भारतमा प्रत्यारोपण गरिएको थियो । निर्वाचनको दौडधुप, मेयरमा विजयी भएपछिको ब्यस्तता र जिम्मेवारीलगायतले उनको स्वास्थ्य खराब भएको थियो ।

tara-subba3

tara-subba2