धरान: धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल नियुक्त भएका छन् ।

उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिएपछि स्वतः निलम्बनमा परेकोले शिक्षाध्यक्ष खनाल निमित्त उपकुलपतिमा नियुक्त भएका हुन्् । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले निमित्त उपकुलपतिमा नियुक्त गरेको हो । मन्त्री यादवले उनलाई मंगलबार पत्र पठाएर निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

निमित्त उपकुलपति भई दैनिक कामकाज गर्ने जिम्मेवारी पाए लगत्तै डा. खनालले प्रतिष्ठानका विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखा÷महाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेका थिए । ‘निमित्त उपकुलपतिको जिम्मेवारी पाएको छुँ, र काम पनि शुरु गरिसकेको छुँ,’निमित्त उपकलपति डा.खनालले भने । यसअघि पनि उपकुलपति रौनियारलाई सिनेटले वर्खास्त गर्ने निर्णय कार्यान्वयन भएपनि खनालले उपकुलपतिको जिम्मेवारी पाएका थिए ।