काठमाडौं : समयमा बर्खा सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशतमात्र भएको छ । यो पाली गत वर्षभन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

गत वर्ष असार ३१ गतेसम्म ६३.८८ प्रतिशत रोपाइँ भएको थियो । उच्च पहाडमा ५१.८१, मध्य पहाडमा ५३.९६ र तराईमा ३५.१२ प्रतिशत रोपाइँ भएको छ । धान रोपाइँ ढिला भएका कारण यो वर्ष उत्पादन घट्ने विज्ञले बताएका छन् । –नागरिक दैनिकबाट