झापा : बाढीको कटान र डुवान नियन्त्रणका लागि १० वर्ष अघि झापाको माईधारमा स्थापित जनताको तटवन्ध कार्यलय गैडेले बाढी प्रभावित सेवा क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

केहि दिन अघिको वाढीले पुर्याएको क्षतिको विवरण संकलन, अध्ययन र अवलोकन गर्न तटवन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे माईधारले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो । अनुगमन टोलिमा कार्यालय प्रमुख मेखनाथ शर्मा, इन्जिनियर दुर्गा अधिकारी, शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, वाड सदस्य बद्रीनाथ खनाल, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली, नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य विनोद सापकोटा लगायत सहभागी थिए । सो टोलीले कनकाई नदिको बाढीले कटान र डुवान गरेको क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरेको हो ।

बाढीले विगत वर्षको जस्तो क्षति नपुर्याएको जनताको तटवन्ध कार्यालय गैडे माईधारका कार्यालय प्रमुख शर्माले वताउनु भयो । केहि दिन अघिको अविरल वर्षापछि झापाको मेची, विरीङ्ग, कनकाई, कमल र रतुवा-माावा नदिमा आएको वाढीले विगत वर्षको जस्तो धन जनको क्षती नभएको सो कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा सो कार्यालयले सेवा क्षेत्रका ६ वटा नदिको कटान नियन्त्रणका लागि १८ किलोमिटर बाढी प्रभावित क्षेत्रमा ढुँगे तथा माटोको बाँध निर्माण गरेको थियो । जसका कारण यो वर्षको बाढीबाट क्षति कम भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक बर्षमा कनकाईको रंगियाथान, विस्वडुवा, किच्चकडाँगी, माहाभाराको चौरी, मावाको विरेन्द्र डाँगी, तारावारी, कमलनदीको सुकुम्बासी वस्ती रतुवाको चप्रामारी, कोहबरा क्षेत्रमा स्थायी प्रकृतिका वाँध निर्माण भएकोले यो वर्ष वाढीको कटान र डुवानबाट तुलनात्मक हिसावले कम क्षती भएको हो । कार्यलयले गत आवमा तटवन्धका लागि ४० करोड रुपैयाँ खर्च गरेको थियो ।