पथरी : मोरङको पथरी शनिश्चरेमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोरङको रमाईलोबाट झापाको काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिक भ्यानलाई ठक्कर दिएर सडकमा पल्टिदा तत्काल नाम थर बतन नखुलेका एकजना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।

दुर्घटनामा परि ११ जना घाईते भएको बताईएको छ । घाईतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको पथरी ट्राफिकले जनाएको छ । ग्रामीण भेगवाट सञ्चालन हुने सो यात्रुवाहक वसमा केटाकेटी र महिलाको संख्या धेरै रहेको प्रहरीले जनाएको छ । वसमा ३५ भन्दा बढी यात्रु रहेको प्रहरीको भनाइ छ । पिकअपमा भने चालक मात्र रहेको र चालक पनि गम्भिर घाइते भएका छन् ।

12 4

accident