पथरी : मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार उपचारका क्रममा विराटनगरस्थित नोवल मेडिकल कलेजमा पु¥याइएका एक घाइको मृृत्यु भएको हो । मृतकको सनाखत हुन वाकी रहेको प्रहरीको भनाइ रहेको छ ।

विहिवार विहान पुर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरशनिश्चरे बजारमा यात्रु वाहक बस र पिकअप दुर्घटनामा परेको हो । सो दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अर्का एक घाइतेको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । अन्य १७ जना घाइते भएका छन् ।

कानेपोखरीबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नम्वरको बस विपरीत दिशाबाट आइरहेको मे १ च ५३९१ नम्बरको पिकअपलाई जोगाउन खोज्दा बीच सडकमा पल्टिएको थियो । गम्भिर घाइते कानेपोखरी ३ का ५ वर्षिय श्रवण दाहाल र सोही ठाउका अन्दाजी वर्ष ३२ का टिकाराम थापा र हल्दीबारी झापाका वर्ष २४ का पिकअपका चालक नविन आचार्यको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचार भइरहेको छ ।

त्यसै गरी घाइते हुनेहरुमा मोरङ्ग उर्लावारीकी १३ वर्षीय अस्मिता खतिवडा, वर्ष ६ कि अविना खतिवडा, दमक कि १३ वर्षिय प्रविना भटराई, उर्लावारी ५ का इन्द्रमाया गुरुङ्ग, अर्जुनधारा झापाका अभिषेक कार्की, कानेपोखरी ३ का चित्र दहाल, सोहि ठाउका निर्मल गिरी, श्याम कार्की, मदन कुमारी चापागाँइ, कानेपोखरी ३ का ५६ वर्षिय मित्र दाहाल,सुकदेव धिमाल, झापा विर्तामोडका जिवन वराइली, प्रेम कार्की र हल्दीबारी झापाका वर्ष २२ का पिकअपका सह चालक टेक बहादुर भुसाल रहेको प्रहरीले जनाएको छ ।