पथरी : राष्ट्र संघीय ह्याविट्याट र लुथरन विश्व फेडेरेशनका नेपालका उच्च अधिकारीहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको भित्रको सिमसारयुक्त पर्यटनको सम्भावना अवलोकन गरेका छन् ।

राष्ट्संघीय ह्याविट्याटका नेपाल प्रवन्धक पद्मसुन्दर जोशी र लुथरन विश्व फेडेरेशन्का नेपाल निर्देशक डा. प्रविण मानन्धर सहितको टोलीले विहीवार वडा नम्वर १ को शान्ति भूल्के सिमसार क्षेत्रको अवलोकन गरेको हो । टोलीले सिमसारयुक्त पर्यटनको सम्भावना रहेको वताएको छ ।

नगर प्रमुख दिलिपकुमार राईले नगरको वन तथा सिमसारयुक्त पर्यटनको सम्भावना प्रचुर रहेको जनाउँदै त्यसको प्रवद्र्धनमा दातृ निकायहरुले सहयोग पुर्याउने अपेक्षा व्यक्त गरे । नगरका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्यलगायतले टोलीसँग भेट गरेको हो । नगरमा रहेका धार्मिक सहितका ९ वटा सामुदायिक वन क्षेत्र सहित १ दर्जन सिमसार पोखरीहरु निर्माण भइसकेका छन् ।