इटहरी : उद्योग बाणिज्य संघ इटहरीको नवनिर्वाचित पदाधिकारीहरुलाई बिहीबार इटहरीमा एक भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन गराइएको छ ।

उद्योग बाणिज्य संघ इटहरीको हलमा बिहीबार नवनिर्वाचित अध्यक्ष भीम पौडेल सहित अन्य पदाधिकारीहरुलाई पदस्थापन गराइएको हो । उद्योग बाणिज्य महासंघका अध्यक्ष भवाणी राणाको प्रमुख आतिथ्यतामा उक्त उपस्थितमा पदस्थापन गराइएको थियो ।
पदस्थापन पछि अध्यक्ष पौडेलले उद्योग बाणिज्य संघको महासचिवमा पिताम्बर पोखरेल, वरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल, उपाध्यक्षद्धयमा अनिल सुब्वा र लक्ष्मण हुमागाई त्यस्तै कोषाध्यक्षमा गायत्री भण्डारीलाई चयन गरे । त्यस्तै, उद्योग सचिवमा विष्णु डाँगी र बाणिज्य सचिवमा शोभा कोईराला (सविना) मनोनित भए । अन्य सदस्यहरुमा विष्णु प्रसाद रिजाल, नवराज काफ्ले, जीवन पराजुली, रामकुमार श्रेष्ठ, खगेन्द्र बिमली, राम हृदय राय, अशोक अग्रवाल, मुक्ती दहाल, बलराम भण्डारी र उमेश दाहाल निर्वाचित भएका छन् ।

गत असार १४ गते इटहरीमा भएको निर्वाचनमा भीम पौडेल र शैलेस बिष्ट चुनावी प्रतिष्पर्धामा होमिएका थिए । पौडेलले फराकिलो मताअन्तरले पराजित गर्दै अध्यक्षमा बिजयी भए । आँफूले पदस्थापन ग्रहण गरिसकेपछि पौडेलले व्यापारीहरुबीच गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । आँफू पनि सानै व्यवसाय गरेर संघर्षशील रहेको बताउँदै उनले साना व्यवसायीलाई पनि समेट्दै जाने कुरामा जोड दिए ।

0 1