ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मोटरसाइकल चोरीमा पक्राउ गरी अभद्रमा मुद्दा” शीर्षकको समाचार छापिएको छ । छिमेकीको मोटरसाइकल चोरी भएको विषयमा सोधपुछ गर्न लगेको एक युवालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको परिवारले जनाएको छ । गत असार १४ गते इनरुवा ९ बबियाका रामकुमार यादवको मोटरसाइकल चोरीको अभियोगमा छिमेकी कुलदीप यादवलाई पक्राउ गरी अभद्रमा प्रहरीले मुद्दा दर्ता गरेको कुलदीपका पिता बिन्देश्वरले बताए । बिहीबार एक विज्ञप्ति जारी गर्दै बिन्देश्वरले छोरालाई बिना कारण चोरी मुद्दामा पक्राउ गरेको दाबी गरे । छिमेकी रामकुमारको मोटरसाइकल चोरी भएपछि सोधपुछका लागि भन्दै कुलदीपलाई प्रहरीले पक्राउ गरेर लगेको उनले बताए । उनले प्रमाणका आधारमा कुलदीप दोषी देखिए आफुलाई कुनै आपत्ति नहुने जिकिर गरे । तर, प्रहरीले न्याय दिलाउने नाममा मानसिक यातना दिएर अभियोग कबुल गराउनु गैरन्यायिक हुने उनको भनाई छ ।

औजार : आजको औजार दैनिकमा “युवतीलाई दव्र्यवहार गर्ने युवा पक्राउ” शीर्षकको समाचार छापिएको छ । इटहरीमा जागिर दिने भन्दै बोलाएर दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । उनले इमोमार्फत् साथी बनि नजिकिएर प्रलोभन देखाइ भेट्न बोलाएका थिए । सुनसरी हरिनगरा १ का २५ बर्षिय कन्टल्टेन्सी सञ्चालक अनम अन्सारी पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । अन्सारीले सामाजिक सञ्जाल इमोमार्फत् विराटनगरकी लक्ष्मी शाहसँग चिनजान गरेका थिए । लामो समय गफिएर एक आपसमा फोटो तथा फोन नम्बर साटासाटपछि राम्रो जागिर लगाईदिने भन्दै अन्सारीले शाहलाई इटहरी बोलाएका थिए । भेटमा दुब्र्यवहार गरेपछि अन्सारीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
अन्सारीले आफु विवाह गर्नसमेत तयार रहेको भन्दै भेट्न बोलाएर दुब्र्यवहार गरेको भन्दै शाहले प्रहरीमा उजुरी हालेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए । केटाले जागिर लगाईदिन्छु भन्दै दुब्र्यवहार गरे पछि केटी पक्षका आफन्तले अन्सारीलाई इटहरी बोलाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “आन्दोलनमा उत्रने उद्योगीको चेतावनी” शीर्षकको समाचार छापिएको छ । मोरङका उद्योगी व्यवसायीले उद्योग व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधानका लागि विभिन्न ६ सुत्रीय माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणामार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले राखेका माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । सरकारले साउन १ गतेदेखि ढुवानीका साधनहरुमा लगाएको भेहिकल एण्ड कन्साइमेनट ट्रयाकिङ सिस्टम प्रणाली ६ महिनादेखि एक वर्षका लागि परीक्षणका रुपमा लागू गर्न मोरङका व्यवसायीहरुले माग गरेका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बुधबार र बिहीबार विराटनगरमा उद्योग व्यवसायी सँग छलफल गरी उक्त माग गरेका हुन् ।