धरान : विरामीको लागि पसलबाट किनेर कुनै जुस लिएर जादै हुनुहुन्छ भने होसियार हुनुस्, प्याकेट भित्र जुस मात्र होइन, अखाद्य वस्तु पनि हुनसक्छ ।

नपत्याए, यहाँ भएको तस्बिर हेर्नुस् त । केही कमजोर महशुस गरेकी धरानकी एक महिलाले आफैलाई पिउन भनेर बजारबाट जुस किनेर लगेकी थिइन् । धरान ८, तीनकुनेकी इन्दुदेवी श्रेष्ठले प्रान ब्राण्डको उक्त जुस पिउने क्रममा लेउ भेटिएको हो । उनले धरानको भानुचोकबाट देशिलाइनतर्फ जाने बाटोको मोडैमा भएको किराना पसलबाट पाइनेपल जुस किनेर लगेकी थिइन् । करिब २ साताअघि किनेर लगेको उक्त जुस उनले ३ दिनअघि मात्र पिएकी थिइन् ।

जुस पिउने क्रममा तितो भएपछि डब्बा(प्याकेज) खोलेर हेर्दा भित्र लेउ भेटिएको उनले बताइन् । ‘विरामीले खानुपर्ने जुस, ल हेर्नुस् त । जुसको डब्बाभित्र झ्याउ,’उनले भनिन्,‘जुस खादा तितो लाग्यो, खन्याएर डब्बा काटेर हेर्दा त यस्तो रहेछ ।’ उनले आफ्नो फेसबुकमा जुसको खोलसहित पोष्ट गरेकी छिन् ।

jus2

यो जुस वंगलादेशबाट आयात भएको हो । विदेशबाट आउने यस्ता जुस म्याद गुज्रिएको(डेट एक्स्पायर) भएको पनि हुनसक्ने भन्दै ध्यान दिन श्रेष्ठको स्टाटसमा टिप्पणीहरु आएका छन् । तर, पीडित श्रेष्ठले भने जुसको डेट एक्स्पायर नभएको बताएकी छिन् । उनका अनुसार उक्त जुसको खोलमा मार्च २०१९ मा प्याकेजिङ भएको मिति उल्लेख छ भने एक्स्पायर डेट मार्च २०२० उल्लेख छ । तसर्थ, यो घटना म्याद गुज्रिएको नभएर उत्पादनको क्रममा नै लापरवाही भएको वा गुणस्तरहिन जुस उत्पादन भएको हो ।

jus3

jus4