धरान : अवैध लागुऔषधसहित धरान १० कलेज रोडबाट ३ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान ६ बस्ने २४ वर्षीय हर्क कालीकोटे, धरान ८ बस्ने २५ वर्षीय सन्तोष राई र धरान १९ बस्ने २४ वर्षीय राहुल राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट विहीबार राती ९ बजे खटिएको गस्ती प्रहरी टोलीले धरान १० कलेज रोडमा शंकास्पद अवस्थामा हिडिरहेका बेलामा चेकजाँच गर्दा अवैध लागुऔषध डाईजेलाप १८ एम्पुल, लुपिजैसिक १८ एम्पुल, एभिल १८ एम्पुलसहित पक्राउ गरेको जनाएको छ ।

तीनै जनालाई लागुऔषध मुद्दामा शुक्रबार नै सुनसरी जिल्ला अदालतबाट थुनामा राख्ने अनुमती लिई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जनाएको छ ।