धरान: होटल म्यानेजमेन्टमा प्लस टु सञ्चालन गर्दै आएको विद्याभूमि स्कुल (विभिएस) प्लसटुले शनिवार आफ्ना नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको छ ।

होटल म्यानेजमेन्टको अवसर र विद्यालयले दिने सेवा सुविधाका विषयमा एक सय ६० जना नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको हो । श्री कृष्ण होटलमा भएको अभिमुखिकरण कार्यक्रममा विद्यलयका प्रिन्सिपल दिपेन भट्टराईले विद्यार्थीको मेहनत अनुसार उनीहरुले अवसर पाउने बताए । उनले अहिले होटलम्यानेजमेन्ट पढेर आर्थिकरुपममा सवल हुनसक्ने बताए ।

IMG_5215

त्यस्तै कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल केशव न्यौपाने, विभागिय प्रमुख तारा बस्नेतले होटल म्यानेजमेन्ट पढेर के गर्ने भन्ने विषयमा विद्यार्थीलाई अभिमुखिकरण गरे । विद्यालयका अध्यक्ष पराग ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नयाँ विद्यार्थीलाई गीत र नृत्यका माध्यमबाट स्वागत गर्दै मनोरञ्जन समेत दिलाए । विराटनगरको मुनाल पथमा रहेको विभियसले विगत तीन वर्षदेखि होटल म्यानेजमेन्ट विषय पढाउँदै आएको छ ।