पथरी : सामुदायीक वनले सुरु गरेको वैज्ञानिक वन कार्यक्रमले जंगलको अस्तित्व संकटमा पर्दै गएको यसका अनुसन्धानकर्ताहरुले वताएका छन् ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्रको जैविक विविधता सम्वन्धी अध्यायन गरेका टोलीले वैज्ञानिक वन कार्यक्रमबाट वन्यजन्तु र पंछिलाई असर पर्ने उनीहरुको तर्क छ । अनुसन्धानकर्ता मध्येका विवेक गौतमका अनुुसार वैज्ञानिक वन कार्यक्रमले वनको ‘थिनिङ्ग’प्रक्रियाले वनको परम्परागत मान्यतालाई नै प्रभाव पारेको छ । उनले भने ‘वन भनेको झाडी भएको वन्यजन्तुको आश्रय स्थल भन्ने वुझिन्छ तर वैज्ञानिक वनले झाडी फाडेर व्यवसायिक विरुवा हुर्काउने कार्यले वनलाई मान्छेमुखी वनाइदै छ’ । उनका अनुसार वन्यजन्तु आश्रयकै अभावमा वन क्षेत्र छोडेर अन्यत्र वसाइ सर्न थालेका छन् ।

DSC_0272

वन सफाइ गर्ने ‘किल्नीङ्ग’कार्यले पनि वनमा रहेका वन्य जन्तु र पन्छिलाई असर पारेको अनुसन्धानकर्ताहरुको भनाइ छ । पथरीशनिश्चरेका विभिन्न वनमा २ महिना लगाएर गरिएको अनुसन्धानवाट वैज्ञानिक वन लागु भएका वनवाट वन्य जन्तु र चराचुरङ्गी अन्यत्रै का वनमा वसाइ सर्न थालेको गौतमको भनाइ छ । ‘वैज्ञानिक वन कार्यक्रम ले पुराना वन काटदा वन्यजन्तुको वासस्थान नास हुदै छ’ गौतमले भने ‘टोडकामा वस्दै आएका वन्यजन्तु र पंन्छी समेत संकटमा परेका छन् ।’

सरकारले वैज्ञानिक वनका नाममा वनक्षेत्रका रुख काट्ने र नयाँ विरुवा हुर्काउन वैज्ञानिक वनको अवधारणा ल्याएका छन् । मोरङ्गमा रहेका १३५ सामुदायीक वन मध्ये ३५ वटा वनमा वैज्ञानिक वन कार्यक्रम लागु भएका छन् । वन्यजन्तुले झाडी मन पराउने भए पनि वैज्ञानिक वनले किल्नीङ्गका नाममा वन सफाइ गरिएको छ यसले प्रत्यक्ष रुपमा उनीहरुलाई असर परेको अनुसन्धानकर्ताको भनाइ छ । वाक्ला झाडी सफाइ गर्दा त्यहा भएका वन्यजन्तु र पन्छिले वासस्थान छोडने गरेका छन् । यसले भोलीका दिनमा वन्यजन्तुको संख्या घटने निश्चित रहेको छ ।

DSC_0124

झाडी फाडिएकै कारण पथरीशनिश्चरे क्षेत्रमा पाइने केहि चराचुरुङ्गी र वन्यजन्तुले यो क्षेत्र छोडीसकेको उनीहरुको भनाइ छ । वैज्ञानिक वन कार्यक्रम ले वन का रुख हुर्काउन तारघेरा गर्ने गर्दा वन्यजन्तुले वस्दै आएको वासस्थान समेत गुमाउने उनीहरुको तर्क छ । गौतम लगायतको टोलीले पथरीशनिश्चरेका विभिन्न वन तथा अन्य क्षेत्रमा रहेकय सरीसृप, स्तानधारी, माछा, चराचुरुङ्गी, उभयचरको अध्ययन गरेको र संकटउन्मुख वन्यजन्तुको लिष्ट समेत तयार गरेको छ ।

तस्विर सौजन्यः विवेक गौतम

DSC_0151