झापा: झापाको मेचीनगर नगरपालिका ६ का ५५ बर्षीय धन कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको हो । आज बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाईते राईलाई उपचारको लागि झापाको मनमोहन अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।