झापा : झापाको मेचिनगर नगरपालिका ६ भन्सार गेट अगाडीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

आज दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपालतर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सवार ब्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरेको हो । प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक झापा कमल गाउँपालिका ४ केर्खाका ३१ बर्षिय मोहन सुबेदी र पछाडी सवार गाउँपालिका ३ का २८ बर्षिय युवराज गुरुङ पक्राउ परेका हुन् ।

उनीहरुलाई मुखमा हालेर ल्याएको ३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।