धरान : “स्वास्थ्य नै धन हो” भन्ने मूलमन्त्र बोकेर गठन भएको सेवक अभियानले ५ औं वर्ष पूरा गरेको छ ।

पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवलोकन गराउँदै आएको सेवक अभियानले आफ्नो पाँचौ वर्षगाठ भव्यताका साथ मनाएको छ । धरान १५ चुम्लुङ्ग हिम भवनमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारी, सांसदद्वय उमिता बराईली र सावित्री श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
‘पदयात्राका माध्यमबाट स्वास्थ्य’ भन्ने मूल नारा बोकेको सेवक अभियानको अभियानलाई उपस्थित सबैले खुलेर प्रशंसा गरे ।

sewak

सो अबसरमा सेवक अभियानका संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो । सो अवसरमा सेवक अभियानका पदयात्रा संयोजक अमृत थापा मगरले साउन २५ गते हुन लागेको शताब्दी पदयात्रालाई भव्यताका साथ मनाउन लागिएको घोषणा गरे । अभियानका अध्यक्ष राजीव हलुवाईको अध्यक्षमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले स्वस्थ रहन सेवक अभियानले चलाएको अभियानमा साथ दिनुपर्नेमा जोड दिए ।