धरान: विद्यालयको गर्मी विदालाई लक्षित गरेर धरान बास्केटवल संघले ‘समर बास्केटबल ट्रेनिङ क्याम्प’ शुरु गरेको छ ।

धरान–१६ स्थित मिनी कभर्ड हलमा शनिबारदेखि नै तेस्रो सँस्करणको प्रशिक्षण क्याम्प शुरु भएपनि औपचारिक उद्घाटन आइतबार भएको थियो । करिब तीन साता सञ्चालन हुने क्याम्पको उद्घाटन समारोहमा धरान–हङकङ मञ्चका सचिब नारद राई प्रमुख अतिथि रहेका थिए । धरानका निजी तथा सामुदायिक विद्यालयका १ सय बढी विद्यार्थी सहभागिता रहेको संघका सचिब तथा प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । उनका अनुसार ट्रेनिङ क्याम्पमा कक्षा २ देखी प्लस–२ सम्मका विद्यार्थीहरु सहभागी छन् ।

IMG_9976

ट्रेनिङ विहान ३ घण्टा सञ्चालन हुने छ । संघका अध्यक्ष एबंम नेपाल बास्केटबल संघका उपाध्यक्ष सुरज लामाले विद्यार्थीहरुको क्षमता हेरेर बास्केटबलको प्रारम्भिक चरणदेखि त्यो भन्दा माथिल्लो एडभान्स कोर्षको सैद्धान्तिक ज्ञानसंगै व्याबहारिक ज्ञान सिकाइने बताए । ‘समर क्याम्पमा सहभागी विद्यार्थीहरुलाई बास्केटबलको आधारभुत सैदान्तिक तथा व्यावहारिक ज्ञान दिइन्छ,’उनले भने ।

क्याम्पमा प्रशिक्षण प्रदेश १ का बास्केटबल प्रशिक्षक चाम्लिङलसहित हेमन राईगायतले दिइरहेका छन् । ट्रेनिक क्याम्पमा सहभागी प्रत्येकलाई टि–सर्ट उपलब्ध गराइएको छ । ट्रेनिङ सहभागीहरुलाई प्रमाणपत्र दिइने र सहभागी मध्ये छात्र–छात्राबाट १–१ जनालाई राईजिङ प्लेयर घोषित गदै पुरस्कृत समेत गरिने संघले जनाएको छ । दोस्रो संस्करणमा पनि १ सय बढी सहभागी रहेको र हालसम्म क्याम्पमा ३ सय बढी प्रशिक्षित भइसकेको संघले जनाएको छ । उद्घाटन कार्यक्रममा धरान १८ का वडाध्यक्ष प्रबिण राई, धरान १९ का वडासदस्य राजकुमार राई, खेलसंग सम्बन्धीत व्याक्तिहरुलगायतको उपस्थिती रहेको थियो ।

IMG_9950 IMG_9944