धरान : इलाका प्रहरी कार्यालय धरानका डिएसपी(प्रहरी नायब उपरीक्षक) ढुण्डीराज न्यौपाने सुनसरी जिल्लाको पुलिस अफ दि मन्थ( महिनाको उत्कृष्ट प्रहरी) घोषित भएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । जिल्लाका प्रहरी प्रमुख तथा एसपी यज्ञविनोद पोख्रेलका अनुसार जिल्लामा दरबन्दी भई कार्यरत प्रहरीहरुमध्ये धरानका डिएसपी न्यौपानेले उत्कृष्ट काम गरेको कारण पुलिस अफ दि मन्थ घोषित गरिएको हो ।

डिएसपी न्यौपानेले धरान र मातहतमा समेत एरिया इलाकाहरुमा घटेका संगठित अपराधहरु, अवैध हातहातियार खरखजना, चोरी, डाँका, लागुऔषधजस्ता जघन्य अपराधहरुको गहन विश्लेषण गरी सफल अनुसन्धान गरेकोले उत्कृष्ट प्रहरी घोषिणा गरिएको जिल्ला प्रहरी प्रमुखले जनाएका छन् ।

police-of-the-month