पाँचथर:हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छतले किचेर दुई जनाको ज्यान गएको छ ।

मन्दिर निर्माणको काममा कार्यरत ५० बर्षीय जगत राई र ५१ बर्षीय रुद्र राईको सोमबार बिहान छत खस्दा ज्यान गएको हो । प्रहरीका अनुसार पिलर उठाएर ढलान गरिएको छतको सेटिङ खोल्ने क्रममा खसेको थियो । उनीहरुको खसेको छतले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए । उनीहरूको शव निकाल्ने काम भईरहेको उनले बताए ।

गाउपालिकाले उपभोक्ता समिति मार्फत बनाइरहेको पार्कमा मन्दिरको ढलान गरिएको छत राम्रोसँग नअडिएकोले सेटिङ खुस्काउने क्रममा छत पुरै खसेर मानवीय क्षति हुन पुगेको प्रहरीले जनाएको छ । छतको ढलान २० अघि नै गरिएको पनि बताइएको छ ।

तस्बिर स्रोत: नागरिकन्यूज