धरान: सुनसरीका उद्योगी व्यवसायीहरुले सरकारले हालै ल्याएको भेइकल कन्साइनमेन्ट एण्ड ट्रयाकिङ सिस्टम (भीसीटीएस) व्यवहारिक नभएकाले तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

सुनसरीका उद्योगी व्यवसायीहरुले भीसीटीएसका बिषयमा सोमबार सुनसरी उद्योग वाणिज्य संघमा आयोजित अन्तक्रियामा सो कुरा बताएका हुन् । राजस्व अनुसन्धान कार्यालय र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुखहरुलाई राखेर भएको अन्तक्रियामा व्यवसायीहरुले आफूहरु प्रविधि सम्पन्न नभएको र प्रविधि प्रदायक संस्थाहरुको पनि विश्वसनीयता नभएकाले सरकारले ल्याएको यो कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताएका हुन् । उनीहरुले यो कार्यक्रम कार्यान्वयन हुदा आफूहरुले व्यवसायबाटै विदा लिनु पर्ने अवस्था आउने पनि बताए ।

भीसीटीएसलागु गर्नु पूर्व आफूहरुलाई यसका बिषयमा पूर्ण जानकारी गराउन पनि व्यवसायीहरुले माग गरेका थिए । व्यवसायीहरुको गुनासाको जवाफ दिंदै राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख वेदराज फूयालले साना व्यवसायीहरुलाई यो कार्यक्रम लागु नहुने बताए । यो प्रविधिमा आधारित व्यवसायीहरुलाई यो कार्यक्रम लागु नहुने पनि बताएका थिए । त्यसैगरी उनले यो व्यापारिक प्रयोजनका लागि मात्र यो कार्यक्रम लागुहुने भएकाले साना व्यवासायीहरुले डराईहाल्नुपर्ने स्थिति नआएको प्रष्ट पारेका थिए । कृषि उत्पादनमा किसानले उत्पादन गरेर ढुवानी गरेको सामानमा यो कार्यक्रम लागू नहुने, तर व्यवसायिक प्रयोजनमा भने कृषकले पनि समेत सहभागि हुनुपर्ने जानकारी गराए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, धरानका प्रमुख वेदनारायण पौडेलले २० लाख भन्दा तलको कार्यक्रम गर्नेहरुलाई यो प्रक्रियामा जानु नपर्ने जनाए । साथै रु. १००० भन्दा माथिको भुक्तानी गर्दा पान नं. अनिवार्य लिनुपर्ने कुरा दोहो¥याउ“दै पान नं. नलिनेहरुले खर्चको दाबी गर्नुनपर्ने स्पष्ट पारेका थिए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले व्यवसायीहरु सरकारका यस्ता कार्यक्रम लागू नगर्ने पक्षमा छैनन् तर यसलाई व्यवहारिक बनाउन आग्रह गरेका थिए । उनले आधारभूत आवश्यकताका वस्तुहरु पूरा गरेपछि मात्र यसलाई कार्यान्वयनमा लगियो भने मात्र प्रभावकारी हुने बताएका थिए । भन्सार कार्यालयमै आयातकर्ताको क्यूआरकोडको व्यवस्था हुन सक्यो भने भिसिटिस कार्यक्रमको कार्यान्वयनमा त्यति जटिलता नआउने उनले सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष गिरिधारी सापकोटाले देशभरि भएका विरोधका कार्यक्रमहरुको जानकारी गराउ“दै सो विषयमा नेपाल उद्योग वाणिज्य महासंघले यस सम्बन्धमा अध्ययन गर्न कार्यदल समेत बनेको बताएका थिए । साथै संंघ र महासंघले व्यवसायीलाई यसबाट पर्ने समस्याका बारेमा दिएका ज्ञापनपत्र र सुझावहरुका विषयमा पनि उद्योगी, व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

संघका महासचिव राजेश अग्रवालले संचालन गरेको उक्त कार्यक्रम मदिरा व्यवसायी संघका अध्यक्ष नविन तामाङ, कपडा व्यवसायी महेन्द्र जालान, हार्डवेयर व्यवसायी वृद्धिचन्द अग्रवालले जिज्ञासा राखेका थिए । त्यसैगरी सुनसरी थोक तथा डिलर व्यवसायी संघका महासंघका अध्यक्ष सिताराम आचार्य, साना व्यवसायी शान्ता अधिकारी, सब्जी व्यवसायी काजी गिरि, ढुवानी व्यवसायी उमेश श्रेष्ठ, संघका पूर्व अध्यक्ष अशोक ताम्राकार तथा संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले पनि सुझाव एवम जिज्ञासा राखेका थिए ।