झापा : झापाको दमक-२ स्थित ठुलो पैनीमा एकजनाको शव फेला परेको छ ।

सोही ठाँउ बस्ने ७८ वर्षीय धनबहादुर नेपालीको शव पानीमा तैरीरहेको अवस्थामा आज बिहान फेला परेको हो । नेपाली ३ दिनदेखी परिवारको सम्पर्कमा नरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । अहिले शवको मुचुल्का गरि पोष्टमार्टमका लागि दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल शुब्बाले जानकारी दिए । नेपालीलाई पानीले बगाएर ल्याएको हुनसक्ने दमक प्रहरीले जनाएको छ ।