धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले भर्खरै नेपाल सरकारले लागु गरेको आर्थिक नीतिका केही बुँदाहरु खारेजीका सम्बन्धमा उपप्रधानतथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।

विगत केही समयदेखि सुनसरी उद्योग वाणिज्य संघले सरकारलाई भेहिकल एण्ड कन्साईन्टमेन्ट एक्ट, मजदुरहरुको पान नं, ढुवानीमा मूल्य अभिवृद्धि कर लगायतका नीति सम्बन्धमा ध्यानाकर्षण गराउदै आएको छ । संघले सोही बुँदाहरु लगायतखाद्य वस्तुमा लगाईने मूल्यअभिवृद्धिकर, वैकंको ऋणमा चर्काे ब्याजदर, सामाजिक सुरक्षालगायतका कुराहरुमा समेत सरकारको ध्यानाकर्षण गराईएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताए ।

व्यवसायीहरुसँग पनि छलफल गरिसकेको खुलाउदै अध्यक्ष सापकोटाले भने,‘हामीले व्यवसायीहरुसँग छलफल पनि गरिसक्यौ, र सरकारले अपरिपक्व तरिकाले यो नियमावली हामी माझ थोपर्नु हु“दैन ।’
उपप्रधानतथा रक्षामन्त्रीले अर्थमन्त्रालय तथा वाणिज्य मन्त्रालयमा जस्ताको तस्तै छलफलका लागि लैजाने बताए । साथै, उद्योगी व्यापारीलाई परेको पीरमर्कालाई समाधान गर्ने प्रतिबद्धता समेत जनाए । विगत केही समयअघि सुनसरी उद्योग वाणिज्य संघले यी बुँदाहरुका सम्बन्धमा आन्तरिक राजस्व कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाईसकेको र व्यवसायीको छलफल पनि भएको संघका कर्यसमिति सदस्य विष्णु बरालले बताएका थिए ।