विराटनगर: प्रदेश सरकारले विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा कार्यक्रम गरि खेलाडीहरुालई सम्मान गरेको हो । पाँचौ महिला साफ फुटवल च्याम्पियनसीपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटवल टीमका खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकहरुलाई प्रतिव्यक्ति नगद एक लाख र सम्मान पत्रले सम्मान ग¥यो । त्यस्तै आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १८ विधाका विभिन्न खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ४ हजारदेखि ९ हजार रुपैया सहित सम्मान गरेको छ ।

यस्तै, सुदुर पश्चिम प्रदेशले आयोजना गरेको मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताका विभिन्न विधाका खेलमा रजत, कास्य र स्वर्ण पदक जित्ने खेलाडीलाई नगद ८ हजार देखि २० हजार रुपैया सहित सम्मान गरेको हो । कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २ सय ६७ जना खेलाडीलाई मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान पत्र र नगद प्रदान गरे ।

2-(7) 4

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशका सबै युवा खेलाडीलाई व्यवसायीक खेलाडी बनाउन र खेलालाई देश र प्रदेशको विकासको माध्यम बनाउँन प्रदेश सरकार अगाडि बढेको बताए । उनले अब खेल छायाँमा नपर्ने, खेलकुदमा लागेर खुम्चेर निरास भएर बस्न नपर्ने मुख्यमन्त्री राईको भनाइ थियो । उनले प्रदेश १ लाई फुटवलको राजधानी बनाउने उदेघोष गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदको विकासका प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४७ करोड रुपैया बजेट विनियोजन गरेको बताए । कार्यक्रमा सम्मानितका तर्फबाट महिला फुटवल टीमकी खेलाडी निरु थापा, प्रशिक्षक हरि खडका, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्नु खेलाडीको प्रोत्साहनका उदाहरणीय कार्य भएको बताए ।