झापा: झापाको दमक नगरपालिका १ स्थित संगम चोक नजिकै दुई युवा समुहबीच झडप भएको छ । झडपमा परी एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

झडपमा परी दमक २ का १८ बर्षीय युवा बिक्रम लिम्बूको मृत्यु भएको छ । यस्तै, दमक ३ का १८ बर्षीय सरोज भुजेल र दमक २ का १८ बर्षीय सुजन भुजेल घाइते भएका छन् । घाइते मध्ये गम्भीर अवस्थाका सरोजको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचारको लागि लगिएको छ भने उत्तमको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको छ । के बिषयमा झडप भएको हो, तत्काल खुलेको छैन ।