इटहरीः नेपालकै सर्वाधिक लोकप्रिय ब्राण्ड रन सुजको कोशी अञ्चल डिलर सुनसरीको इटहरीमा सुरु भएको छ ।

स्कुल कलेज सुज, स्पोर्टस् सुज, क्याजुअल सुज, अफिसियल सुज, पार्टी सुज र लेडिज तथा जेन्ट्स्का चप्पलहरु उत्पादन गर्दै आएको रन सुजको कोशी अञ्चल डिलर जिके फुटवेयर एण्ड सप्लायर्सले सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बुधबार रिबन काटेर डिलरको उद्घाटन गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष पौडेलले देशले आत्मनिर्भरताको बाटो लिइरहेको अवस्थामा जुझारु युवाहरु मिलेर व्यवशाय गर्नु समग्र उद्योगको राम्रो पक्ष रहेको बताए ।

run2

कार्यक्रममा बोल्दै डिलर सञ्चालक केवल पौडेलले रन सुजको गुणस्तरीय जुत्ताचप्पल कोशी अञ्चलका सम्पूर्ण जनताको खुट्टामा पु¥याउने प्रतिबद्धता जनाए । यस्तै कम्पनिका बजार व्यवस्थापक पुष्पराज पराजुलीले रन सुजको उत्पादन र सेवाको गुणस्तरमा कुनै कमी हुन नदिने र उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै सेवा प्रदान गर्ने बताए ।

रन सुज देशका ७७ वटै जिल्लामा बिक्रि वितरण भइरहेको उनले जानकारी दिए । रन सुज आइएसओ गुणस्तर चिन्ह प्राप्त ब्राण्ड हो । यसका उत्पादनहरुमा कम्पनिले ६ महिनाको वारेन्टीसमेत उपलब्ध गराउँदै आएको छ । डिलर उद्घाटनको अवसरमा केही दिनसम्म ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको पौडेलले बताए । उनले उद्घाटनको पहिलो दिननै उत्साहजनक कारोबार भएको बताए ।