मोरङ: भारतीय ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएपछि विराटनगरको सिमावर्ती रानी क्षेत्रमा तनाव सृर्जना भएको छ ।

ट्रकको ठक्करबाट विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंहको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रानीका अनुसार भारतबाट नेपाल आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

accidentt

घटनालगत्तै ट्रकका चालक फरार भएको छन् भने ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । घटना पछि स्थानीयबासीले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । घटनाको विरोधमा रानी क्षेत्रमा स्थानीयले गाडीको ट्रकको सिसासमेत फुटाइदिएका छन् । स्थानीयको प्रर्दशनले रानी क्षेत्रमा सडक अवरुद्ध भएको थियो । तस्बिर स्रोत: प्रेम देवानको फेसबुक