इटहरी : धेरै क्षेत्रमा ठूलो कम्पाउण्ड गरिएको । भित्र सानो ५ कोठे भवन । मानिस भवनमा प्रवेश गर्दागर्दै देखिने एउटा कोठामा ठूलो अक्षरमा लेखिएको छ राष्ट्रगान । राष्ट्रगानकै नजिक रहेर केहीमहिलाहरु उनीहरुकै लवजमा बात मारिरहेका छन् । यो दृष्य हो इटहरी २ मा रहेको माया घरको ।

इटहरी २ मा करीब डेढ बर्ष अगाडि स्थापनाभएको माया घरमा आफन्तविहीन मानिसहरुले आश्रय लिन्छन् । ‘यहाँमानसिक रोगी र प्रहरीले भेटेको र डाटामा बेवारिसे भएका मानिसहरुलाई यहाँ ल्याएर छाडिदिन्छ,’ स्थानीयपत्रकार बाबुराम सुवेदीले भने, ‘माया घरले यहाँ नअटेका मानिसहरुलाई भाडामा लिएर पनि आवास दिएको छ ।’ उनकाअनुसार सडकमा दिन रात बिताईरहेका मानिसहरुलाई पनि माया घरले आवासगृह सँगै दातासँग सहयोग मागेर खाना जुटाईरहेको छ ।

डेढ बर्ष अगाडि यहाँ पुराण लगाएर दाताबाट साढे ७ कट्ठा जग्गा उपलब्ध गराई माया घर स्थापना गरिएको माया घरकी सचिव शुभद्रा प्याकुरेल सुवेदीले बताईन् । ‘मानसिक रोगीतथा हिंसा पीडित महिलाहरुको सहारा बन्नका लागि हामीले माया घरको स्थापना गरेकाहौँ,’उनले भनिन्, ‘हामीले पुराण लगाएर दातासँग १–१ धुर जग्गाहुँदै साढे ७ कठ्ठा जुटाएका हौँ ।’उनका अनुसार संस्थाले अहिले थप तीन कट्ठा जग्गा जोडेको छ । तर, आर्थिक अभावका कारण भवन पूर्ण रुपमा बनाउन नसकिएको उनको तर्क छ । ‘डेढ बर्ष अगाडि लगाएको पुराणबाट उठेको पैसाले केही पूर्वाधार बनायौं’ उनले थपिन् ‘अझै पनि दाताबाट सहयोग मागेरै ५ कोठे भवन निर्माण गरेका छौँ, अझै ट्वाइलेट, बाथरुम बनाउँन बाँकी छ ।’ उनका अनुसार यहाँ रहेको जग्गामा भवन बनाउँन नसकिएका कारण अझै पनि केही महिलाहरुलाई भाडामा राख्नुपरेको गुनासो छ । ‘ भर्खरै मात्र वीपी क्याम्पमा नानी जन्मिएको एक बेवारिसे महिलालाई हामीले भाडामा राखेका छौँ,’ उनले भनिन्, ‘उनको परिवारको ठेगाना नै छैन, बेवारिसे ३०,३२ बर्षकी महिला हुन् अहिले तीनकोठे भवन भाडामा लिएर राखेका छौँ ।’
माया घरकी सहयोगी अर्पना राईले दुई दिनको बच्चा हुँदा बिराटनगरबाट एक महिला ल्याएको र अहिले बच्चालाई माया घरमै राखिएकोले आमालाई सुधार गृहमा राखिएको बताईन् । ‘दुईदिनको बच्चा हुँदा आमा सहित यहाँ ल्याएर छाडिएको थियो,’ राईले भनिन्, ‘अहिले बच्चा ४० दिनको भएको छ, आमालाई नेपाल जागरण पुर्नस्थापना केन्द्रमा राखिएको छ ।’ उनका अनुसार माया घरमा खानपिनका लागि सहयोगीबाटै जुटाइएको छ । यहाँ प्रदेश १ भरीका मानसिक रोगी तथा असहाय मानिसहरुले सेवापाउने र अन्य ठाउँका मानिसहरु पनि रहेको उनले बताईन् । उनका अनुसार अहिले माया घरमा १ दर्जन भन्दा बढीले सेवा पाईरहेका छन् । ‘यहाँबाट सुध्रिएर घर पत्तालगाएर घर पनिफर्काएका छौँ,’उनले भनिन्, ‘अहिले जन्मिदैँ देखिको बच्चासहित ६७ वर्षीया आमा पनि हामीकहाँ हुनुहुन्छ ।’माता राधिकादासीको संरक्षकणमा उनीहरुलाई राखिएको छ ।

1 19

सामाजिक अभियन्ता समेत रहेका इटहरीका अगुवा हिरा आचार्य भन्छन्, ‘सर्वहारा मानिसहरुलाई यसरीकोठा नै थुनेर राख्नुपरेको छ, जसको कोही छैन, उसको माया घर छ । मानसिक सन्तुलन गुमेका मानिसहरुलाई उपचारै गरेर घर पुर्याउनु सराहनीय रहेको छ ।’ दाताबाट सहयोग उठाएर सामाजिक काम गर्नु उदाहरणीय रहेको उनको तर्क थियो । उनका अनुसार माया घरका लागि अन्य मानिसहरुले पनि सहयोग गर्नु आवश्यक रहेको छ ।