काठमाण्डौं : शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार तराईका केही भूभागमा ठूलो पानी पर्ने र अन्य भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शुक्रबार राति पनि सामान्य बदलीको सम्भावना रहेकाले पहाडी तथा तराईका केही भूभागमा वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तलतिर सर्दै गएकाले अबको केहीदिन मौसमी गतिविधि केही कमजोर हुने महाशाखाले जनाएको छ । शनिबार र आइतबार पनि देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।