पथरी: मोरङ्को लेटाङ्ग ८ का स्थानियवासीले प्रयोग गर्दै आएको तेली गडाने सिचाइ कुलो वर्षासँगै आएको पहिरोले पुरेपछि किसानलाई धानमा पानी कसरी लगाउने चिन्ता थपिएको छ ।

करिब ६० विगाह जग्गामा सिचाइ हुदै आएको सो पैनीको केही भाग हालैको पहिरोले पुरेको थियो । करिव १२ स्थानमा ठुलो पहिरो गएको छ । तेली गडाने पैनी उपभोक्ता समितीका अध्यक्ष धनवहादुर लिम्वुले भने, ‘यस्तै अवस्था रहे यस वर्ष किसानले खेतमा पानी लगाउन पाउदैनन् ।’ स्थानियवासीको सक्रियतामा २०३२ सालमा वनाइएको पैनीले लेटाङ्ग ८ का बासिन्दा सिचाइ सुविधा लिदै आएका थिए । स्थानियवासीका अनुसार हिउद महिनामा जाते क्षेत्रमा उत्पादन हुने हिउदे तरकारी र नगदेवाली यसै पैनीको सिचाइवाट निर्भर छन् ।

वार्षिकरुपमा करोड भन्दा बढी तरकारी बाहिरी वजारमा निर्यात हुने गरेको छ । यो पैनी पहिरोले अवरोध गरेपछि धानमात्र नभइ अन्य अन्नवाली उत्पादनमा समेत असर पर्ने समितीका सचिव रुपनारायण लिम्वु बताउँछन् । ठाउँ ठाउँमा गएको पहिरो तत्काल हटाउन सम्भव नभएको उपभोक्ताहरु बताउँछन् ।