धरान : धरानमा ४० जना मुस्लिम विद्यार्थीहरु सम्मानित् भएका छन् ।

मुस्लिम समुदायको सामाजिक संस्था अन्जुमन इस्लामिया धरानले आफ्ना समुदायका ४० जना मुस्लिम विद्यार्थीहरुलाई सम्मान गरेको हो । शनिबार धरान–३ स्थित मस्जिदमा एक कार्यक्रमको आयोजना गरी एसईई र कक्षा उत्र्रिण गर्ने ४० जना सम्मानित गरिएको संस्थाका सह–सचिब अब्दुल मोजिबले बताए । उनका अनुसार एसईई पास गर्ने २५ जना र कक्षा १२ पास गर्ने १५ जना रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुअ अतिथी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, संस्थाका संस्थापक अध्यक्ष एबं संरक्षक डा खालिक हुसैन हक, संस्थाका अध्यक्ष युसुब शेखले संयुक्त रुपमा सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

S9330022

मुस्लिम समुदायको विद्यार्थीहरुको मनोबल उच्च होस् र उच्च शिक्षा हासिल गर्नु सकुन् भन्ने उद्देश्यले सम्मान गरिएको संस्थाका अध्यक्ष शेखले बताए । यस्तै, अन्जुमन इस्लामियाको ४७ वर्षसम्म कोषाध्यक्षको भुमिका निर्बाह गरेका हाजि यार मोहम्मदलाई सम्मान गरिएको थियो । उनलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा मस्लिम युवा नेता फिरोज अलिलगायतले बोलेका थिए ।

S9330013