धरान: प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले अपराधरहित सभ्य समाज निर्माणमा सरकार निरन्तर लागिरहेको बताएका छन् ।

शनिबार अन्जुमन इस्लामिया धरानद्वारा धरान–३ स्थित मस्जिदमा आयोजित एसईई र प्लस–टु उर्तिण गर्ने मुस्लिम समुदायका विद्यार्थीहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले मुस्लिम समुदायमाथी धर्मको नाममा श्रृखलाबद्ध आक्रमण भएको बताउदै मुस्लिम समुदायको सुरक्षाको लागि प्रदेश सरकार मुस्लिम समुदायसंग सहकार्य गरेर हिड्ने समेत विश्वास दिलाए । समाजमा अपराधिक गतिविधि गर्ने व्यक्तिलाई कुनै पनि जात र धर्मसँग जोडेर हेर्न नहुने मन्त्री कार्कीको भनाई थियो ।

उनले त्यस्ता व्यक्तिलाई जात धर्मसँग जोडर कुनै पनि धर्ममाथि आक्षेप लगाउन पनि नहुने बताए । ‘समाजमा फटाई गर्ने मान्छेहरु हिन्दु, बुद्धिष्ट, क्रिस्चियन, मुस्लिम जुनसुकै धर्मका हुनसक्छन् र एक दुईटा व्यक्तिले गरेको वदमाशीलाई आधार बनाएर एउटै जाति धर्म सप्रदायमाथि आक्षेप लगाउने काम निन्दनिय काम हो,’उनले भने,‘यस्ता साप्रदायिक भावना र सोचहरुलाई कुनै पनि स्थान यो सरकारले दिदैन, यो कुरामा तपाइहरुलाई विश्वास दिलाउन चाहन्छु ।’

नेपालमा मुस्लिम समुदायको इतिहासलाई हेर्दा नेपालको राष्ट्र र राष्ट्रियताको पक्षमा जहिले पनि आफुलाई उभ्याएको भन्दै मन्त्री कार्कीले धन्यबाद समेत दिए । उनले धरानमा मुस्लिम समुदायको लागि मदरसा स्थापना गर्नको लागि भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक सहयोग गर्ने बताए । ‘धरान नगरमा यो समुदायलाई मदरसा अथवा सामुदायिक भवन बनाउनको लागि नगरपालिकाले जग्गा उपलब्ध गरायो भने आवश्यक सहयोग गछौं,’उनले भने, ‘आफु विभागिय मन्त्री नभए पनि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुन्छ, ढुक्क हुुनुस् ।’

S9330010

उनले मुस्लिम समुदायको बालबच्चाहरुमाथि विभेद गरिए भन्ने बक्ताहरुले कुरा उठाएको बताउदै उनले भने,‘यदि यो काम भएको छ भने दण्डनीय कार्य हो, यस्ता कार्य यदी कसैले गरेको र दोषी भए पत्ता लगाएर कडा कारबाही गछौं ।’ उनले प्रदेश सरकार नयाँ संरचना भए पनि उल्लेखनीय काम गरिरहेको बताए । उनले धेरै कानुन बनाउन बाँकी रहेको उल्लेख गदै सविधानमा व्यवस्था भए अनुसार सबै जातजातीको हितमा कानुनहरु निर्माण गरिने समेत बताए । जनताले चाहे अनुसार तीनै तहको सरकारले काम गर्न प्रयत्न गरिरहेको बताउदै उनले कसैलाई चित्त नबुझे खबरदारी गर्न अग्रह गरे । धर्म संस्कृतिको नाममा कसैलाई पनि भेदभाव गर्न नहुने बताउदै यसप्रति सबै धर्म समुदायको अग्रजहरुले नेतृत्व गर्नुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो । ‘धर्मको नाममा कसैमाथी पनि भेदभाव विभेद गर्नुहुँदैन’ उनले भने ‘यसप्रति सबै धर्म समुदायका अग्रजहरुले अब नेतृत्व गर्नुपर्छ, सबैलाई सचेत गराउनुपर्छ ।’

उनले प्रदेश सरकारले ‘म अधि बढ्र्छु’ कार्यक्रममामार्फत सबै यूवाहरुलाई जागरुक बनाउनको लागि कार्यक्रम ल्याएको बताए । उनले सबै समुदायको विकास भए मात्र देशमा समृद्ध हासिल हुने बताउदै यसको लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद उमिता बराइलीले आफु लामो समय परिवर्तनको लागि लडेर आएको हुनाले सविधानले दिएको अधिकार सुनिश्चि हुनुपर्ने बताइन् । उनले लाकसेवा आयोगको विज्ञापनको प्रसंग कोट्याउदै उत्पिडनमा पारिएको जाती समुदायको अधिकार सुनिश्चित हुन सक्यो भने विकास र समृद्धि हासिल गर्न सकिने बताइन् ।

यस्तै, धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले धरानमा मुस्लिम समुदायले आफ्ना समुदायको बालबालिकाको लागि पढ्नको लागि पूर्वाधार तयार गर्न जग्गा उपलब्ध गराउन माग राख्दै आएपनि ठाउँ अनुकुल उपलब्ध गराउन नसकिएको बताइन् । उनले बालबालिकाहरुलाई पढ्नको भाडामा भएपनि संस्थाले व्यावस्था गरेर उपमहानगरले अनुदानको व्यवस्था गर्ने बताइन् । ‘तपाइहरु प्राय ३, २ र ९ नम्बर वडामा हुनुहुन्छ हामीले जग्गा उपलब्ध गराउनको लागि २० नम्बर र ४ नम्बर वडामा मात्र सक्ने अवस्था छ, तर त्यो ठाउँ अनुकुल भएन, तर, तपाइरहरुले भाडामा भएपनि पढ्ने व्यावस्था मिलाउनुस् उपमहानगरले अनुदानको व्यवस्था गर्छ,’उनले भनिन्,‘मुस्लिम समुदायको विकासको लागि उपमहानगर सधै तयार छ ।’