इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित शसस्त्र प्रहरीका एक जवानलाई पक्राउ गरेको छ ।

सुनसरी इनरुवास्थित शसस्त्र प्रहरी बल ४ नं. गणका शसस्त्र प्रहरी जवान बलराम यादवलाई नगद १ लाख ५० हजार रुपैँया घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

सेवाग्राहीसँग सामान सहजीकरण गर्ने भन्दै घुस मागेको सूचनाका आधारमा हामीले पक्राउ गरेका हौँ, ढकालले भने, उनलाई अहिले ईलाका प्रहरी कार्यालय इटहरीमा राखी अनुसन्धान गरिराखेका छौँ । ढकालका अनुसार यादवलाई आजै म्याद थप गरी काठमाडौं पठाउन लागिएको छ ।