सुनसरी : इटहरीमा डेंगु फैलन नदिन लार्भा खोजी तथा नष्ट गर्ने कार्यक्रमसँगै सचेतना अभियानलाई तिव्र वनाइने भएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी अस्पतालमा डेंगुको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको छ । उपमहानगरका २० वटै वडामा परिचालित स्वास्थ्यकर्मीहरुले वडा अध्यक्षसँग समन्वय गरी डेंगु नियन्त्रणका गतिविधि सन्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

वडा वडामा डेंगु फैलन नदिन खोजी र नष्ट अभियानलाई तिव्र वनाउने निर्णय भएको छ । निजी स्वास्थ्य संस्थाहरुले डेंगु परीक्षण उपचारको विवरण उपमहानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन भनिएको छ ।

dengu-itri