काठमाण्डौं : राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षाफल सार्वजनिक गर्ने तयारी स्वरुप बोर्डले साँझ साढे ४ बजे बोर्ड बैठक बोलाएको अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । कुनै प्राविधिक त्रुटि नभए बोर्ड बैठकपछि नतिजा सार्वजनिक गर्ने उनको भनाई थियो । परीक्षार्थीको प्राप्तांक रुजु गरेर कम्प्युटरमा इन्ट्री गरीसकेको उनले जानकारी दिए । गत बैशाखमा सम्पन्न परीक्षामा चार लाख बढी परीक्षार्थी सहभागि भएका थिए । यसअघि शूरुमा विज्ञान विषयको नतिजा प्रकाशन गर्दैै आएको बोर्डले यस पटक भने सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्ने तयार गरेको छ ।