धरान : धरान ३ स्थित सब्जीमण्डी नजिकै वेवारिसे अवस्थामा रहेको ७५ वर्षीय जेष्ठ नागरिकलाई शौन्दर्यकला व्यवसायी संघ, धरानका महिलाहरुले उद्दार गरेका छन् ।

पिपलको रुखमुनि विरामी अवस्थामा लडिरहेको उनलाई उनीहरुले वीपी प्रतिष्ठान धरानमा उपचार गराएको छ । उपचारपछि हाल राधिका दासीजीको सकृयतामा संचालित ईटहरी स्थित माया घरमा राखिएको शौन्दर्यकला व्यवसायि संघकी कोषाध्यक्ष सन्ध्या श्रेष्ठले जानकारी गराईन् । दुई महिनाअघि करिव राती ११ बजेतिर ट्याम्पुमा ल्याएर उनलाई त्यहाँ छोडिएको बुझिएको छ । शुरुमा बोल्न नसक्ने अचेत अवस्थामा नरहेको उनि उपचारपछि बोल्न सक्ने भएका थिए । उनको नाम जीतबहादुर तिरुवा भएको र उनको घर धनकुटाको पातले भएको बताएका छन् ।

0 6

वार्षिक उत्सवको उपलक्ष्यमा पिण्डेश्वर बाबाधाममा जलपान वितरणका लागि फलफूल किन्न जाँदा उनलाई संघका सचिव नेविका साहीले वेवारिसे अवस्थामा देखेपछि उनको उद्दार गर्ने पहल गरिएको थियो ।

धरान वडा नं। २ का महिला सदस्य समेत रहेकी संघकी कोषाध्यक्ष सन्ध्या श्रेष्ठले उनको उद्दारका लागि विशेष पहल गरेकी थिईन् । पहलको क्रममा धरान ३ का वडाध्यक्ष आशा श्रेष्ठले उनको व्यवस्थापनको लागि सहयोग गर्न अनुरोध गरे । तर आवश्यक पहल गर्ने क्रममा यस्ता व्यक्तिलाई राख्न सकिने ठाँउ कही नभेटिएपछि आशा श्रेष्ठले संघलाई नै उद्दार गर्न अनुरोध गरेका थिए । त्यसपछि संघका अध्यक्ष कमला लिम्बु, उपाध्यक्ष पुष्पा लिम्बु, कोषाध्यक्ष सन्ध्या श्रेष्ठ र सचिव नेविका शाहीले उनलाई उपचारको लागि त्यहाँबाट उठाएर वीपी अस्पतालमा पुर्याएका थिए ।

उपचारका लागि खर्च नहुँदा धरान २ निवासी अनिल श्रेष्ठ र वीपी अस्पतालका सुचना तथा सम्पर्क प्रमूख सुजेन्द्र तामाङ्गको सकृयता र सहयोगमा उपचार खर्च निःशुल्क गराईएको थियो । शनिबार अस्पतालमा भर्ना गरी सोमबार डिस्चार्ज भए । डिस्चार्ज पछि के गर्ने रु कहाँ राख्ने रु भन्ने ठूलो समस्यामा परे । केही नलागेपछि ईलाका प्रहरी धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई खबर गरे । उनले व्यवस्थापनको लागि उनको घर परिवार पत्ता लगाउने कोसिस गरिरहका छन् ।

00 2

अन्तमा उनलाई ईटहरीमा रहेको माया घरमा लिएर गए । तर त्यहाँ राख्न पनि विभिन्न प्रकृया पुर्याउनु पर्ने र आर्थिक व्यवस्थापन गर्नु पर्ने भयो । अन्य प्रकृया पछि पुरा गर्ने सर्तमा डीएसपी ढुण्डीराज न्यौपानेको सिफारिसमा जनप्रतिनिधिको नाताले सन्ध्या श्रेष्ठले सम्पूर्ण जिम्मेवारी लिई उनको माया घर ईटहरीमा व्यवस्थापन गरिएको छ । व्यवस्थापन गर्ने क्रममा शौन्दर्यकला व्यवसायी संघका पदाधिकारी लगायतको सहयोगमा रु २५ हजार आर्थिक संकलन गरी माया घरमा सहयोग स्वरुप प्रदान गरिएको छ । पछि धरान उपमहानगरपालिका सँग उनको पुनस्थापनाको लागि आवश्यक कदम अगाडि बढाउन समन्वय तथा पहल गर्ने सन्ध्या श्रेष्ठले बताईन् ।

शौन्दर्यकला व्यवसायी संघ धरानको वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न सामाजिक कामहरु गर्दै आएको र यस वर्ष पुन्यको काम गर्न पाएकोमा अध्यक्ष कमला लिम्बु लगायत सम्पुर्ण पदाधिकारी र सदस्यहरु खुशी भएका छन् । यसरी एउटा संस्था वा समूहका लागि पर्दा वेवारिसे जेष्ठ नागरिकको ज्यान बचेको छ । हाम्रो गाउँठाँउमा अन्य धेरै यस्ता वेवारिसे व्यक्तिहरु छन् । उनिहरुको पनि उद्धार गर्न तपाई हामी पनि लागिपर्नु पर्ने सन्देश र प्रेरणा मिलेको छ । शौन्दर्यकला व्यवसायी संघ, धरानको यो उदाहरणिय कामको लागि हामी सबैले साथ, सहयोग र धन्यवाद दिनै पर्छ ।