ब्राजिलियन सुपर स्टार नेयमारले आफुमाथि लागेको बलात्कार मुद्दामा सफाई पाएका छन् । उनी माथि लागेको बलत्कार मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै ब्राजिल स्थित साओ पाउलो महान्यायाधिवक्ताको कार्यालयले मुद्दा खारेज गरिदिएको हो ।

नेयमारमाथि लगाइएको बलात्कारको आरोपलाई पुष्टि गर्न पर्याप्त प्रमाण नपुग्ने भएकाले मुद्दा खारेज गर्ने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

ब्राजिलियन मोडेल नाजिला ट्रिन्डाडेले नेयमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा फ्रान्सको राजधानी पेरिसस्थित एक होटेलमा नेयमारले आफुमाथि जबरजस्ती बलत्कार गरेको आरोप नाजिलाले लगाइएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले नेयमारमाथि छानबिन गरेको थियो ।

यस विषयमा ब्राजिलका सञ्चार माध्यममा ब्यापक समाचार प्रकाशित भएको थियो । नेयमारले बलत्कार गरेको भन्दै मोडेल ट्रिन्डाडेले भिडियो समेत सार्वजनिक गरेकी थिइन् । नेयमार अहिले प्रिसिजन टुरका लागि चीन भ्रमणमा छन् । उनी पीएसजी छाडेर बार्सिलोना जाने चर्चा पनि चलिरहेको छ ।