काठमाण्डौं : मुलुकभर हाल सम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विभाग अन्तर्गतको बाली तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मुलुकभर गत आइतबार सम्ममा ८० दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष रोपाइँमा १ दशमलव १२ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षमा मुलुकभर ८१ दशमलव ३१ प्रतिशत रोपाइँ भएको थियो । मुलुकभर यो वर्ष हाल सम्म करीब ११ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कुल खेतीयोग्य जमीन मध्ये १० लाख ९९ हजार ८ सय ६३ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जनाएको छ । यो कुल खेतीयोग्य जमीनको ८० दशमलव १८ प्रतिशत हो । गत वर्षको तुलनामा यो १ दशमलव १२ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षमा मुलुकभर ८१ दशमलव ३१ प्रतिशत रोपाइँ भएको थियो । मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टर जमिन धान रोप्न योग्य छ । केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्ष हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, कर्णालीमा ९२ दशमलव ४, प्रदेश ५ मा ८४ दशमलव ६, गण्डकी प्रदेशमा ८४ दशमलव ५६, प्रदेश ३ मा ७८ दशमलव ८३, प्रदेश २ मा ७४ दशमलव ५ र प्रदेश १ मा सबैभन्दा कम ७१ दशमलव ६५ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।