इटहरी : लायन्स क्लब अफ तरहराले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । बुधबार तरहराको पानीपियास्थित जडिबुटी केन्द्रमा लायन्स क्लबले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो । लायन्स क्लबकी अध्यक्ष मेनुका गिरीका अनुसार आँफूहरुले यहाँ विभिन्न प्रजातिका १०७ वटा बोट बिरुवा रोपेको जानकारी दिईन् ।

उनका अनुसार आगामी शनिबार तरहरामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिने छ । बुधबार बृक्षरोपण कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक भाइस प्रेसिण्डेन्ट रेवत बहादुर कार्की, लायन्स क्लब अफ तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठ तथा स्थानीय वुद्धिजीवि, महिला तथा विभिन्न संघ संगठनमा आवद्ध मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

00 3