इटहरी : श्री तरहरा पानीपिया आध्यात्मिक विकास संस्थाले खीर खाने दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको छ ।

पानीपिया क्षेत्रमा दुर्घटना नहोस् भन्नका लागि आँफूहरुले विगत १८ महिना अगाडिबाट संस्था स्थापना गरी यहाँ धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागिएको संस्थाका सचिव कमल दाहालले बताए । दाहालले मानिस आफैँभित्र खुसी हुने र आफैँमा सन्तुष्ट पाउने भएकाले मानिस आध्यात्मिक हुन जरुरी रहेको बताए । उनले भने, ‘हामीले यो क्षेत्रमा गणेश मन्दिर स्थापना गरिकन अहिलेसम्म दुर्घटना भएको छैन, यहाँ आध्यात्मिक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय रुपमा विकास गर्नका लागि हामीले तयारी गरिराखेका छौँ । उनले यहाँको जंगललाई हराभरा बनाउने, कुनै पनि जातजाती, धर्म र भाषामाथि विभेद नगरी काम गर्ने बताउँदै यहाँको विकासका लागि सबैको साथ चाहिनेमा जोड दिए ।

संस्थाकी अध्यक्ष सारदादेवी कटवालले तरहराको पानीपिया क्षेत्रमा अत्याधिक दुर्घटना हुने भएकाले दुर्घटना न्यूनिकरण गर्नका लागि यहाँ मन्दिर स्थापना गरिएको बताईन् । ‘हामीले मन्दिर निर्माण गर्नका लागि शिलान्यास समेत गरिसकेका छौँ,’ उनले भनिन्, ‘यस क्षेत्रलाई हामीले पर्यटकीय क्षेत्र बनाउनका लागि जोड दिईरहेका छौँ ।’ उनले यहाँ धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्नका लागि सबैजनाको साथ चाहिनेमा जोड दिईन् । गंगादेवी गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । श्रेष्ठले तरहराको विकासका लागि सबैको साथ चाहिने बताउँदै यहाँ धार्मिक पर्यटकीय क्षेत्र बनाउने अभियान सुरु गर्नु सराहनीय रहेको बताए ।

00 4

कार्यक्रममा श्री १००८ महात्मा सत्यदेव बाबा, ब्रम्हकुमारी सुमित्रा दिदी, ब्रम्हाण समाज तरहराका अध्यक्ष चन्द्र प्रसाद भट्टराई, विश्वहिन्दु महासंघका केन्द्रीय सचिव बेदप्रसाद दहाल लगायत स्थानीय बुद्धिजीविको बाक्लो उपस्थिति रहेको थियो । साथै सोही कार्यक्रमको अवसर पारेर आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने विभिन्न क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान समेत गरियो । आमन्त्रित अतिथिहरुले खीर खाएर श्रावण १५ समेत मनाएका थिए ।