काठमाण्डौं : मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतिर सरेकाले केही दिनदेखि मनसुनी गतिविधि कमजोर भइरहेको छ ।

बिहीबार पनि देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि कमजोर भएका कारण ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण केही भूभागमा सामान्य वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अबको केही दिनमा मनसुनी गतिविधि सक्रिय हुने मौसमविद्हरुले पूर्वानुमान गरेको छन् । अहिले दक्षिणतिर सरिरहेको मनसुनी न्यूनचापीय रेखा अबको २र३ दिनमा पूर्व्तिर सर्ने सम्भावना भएकाले मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको हो । मनसुनी गतिविधि कमजोर बन्दा केही दिनदेखि देशका अधिकांश भूभागको तापक्रम बढ्दै गइरहेको छ ।